काठमाडौंको उपमेयरमा सुनिताको जित निश्चित- गन्न बाँकी २४ हजार, मतान्तर करिब ४० हजार

काठमाडौं । काठमाडौं महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित निश्चत भएको छ । गणना हुन बाँकीभन्दा प्रतिस्पर्धीसँगको मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित भएको छ । काठमाडौंमा कुल खसेको करिब एक लाख ९१ हजार मतमध्ये उनले करिब ६० हजार मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एका रामेश्वर श्रेष्ठले करिब २० हजार मत […]

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

पोखरा – स्याङजा २ मा मतगणना नसकिँदै नेपाली कांग्रेसका धनराज गुरुङको जित निश्चित भएको छ। ६४ हजार ९५४ मत गणना सकिएको छ। गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै भएपछि धनराजको जित निश्चित भएको हो। नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले हालसम्म २९ हजार ५६६ मत पाएका छन्। नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत […]

स्याङ्जा २ मा गुरुङको जित पक्का, गन्न बाँकीभन्दा अग्रता बढी

काठमाडौं : स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ। जारी मतगणनामा पछिल्लो मत परिणामअनुसार गणना हुन बाँकी मतभन्दा अग्रताको मत बढी देखिएकोले जित निश्चित भएको हो।प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले २९ हजार ५६६ मत ल्याउँदा एमाले उम्मेदवार पद्मा अर्यालले २३ हजार ५९२ मत प्राप्त गरेकी छिन्। गुरुङ र अर्यालबीचको मतान्तर ५९७४ छ। यहाँ अब मतगणना हुन ४८७१ मत मात्र बाँकी छ।

मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित

मुगु - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि भएको चुनाव अन्तर्गत प्रतिनिधि सभाका लागि मुगुमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ । मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित जस्तै भएको छ । उहाँले १२ हजार ८९३ मत प्राप्त गरी अगाडि हुनुहुन्छ । शाहीका प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले ९ हजार ८५४ मत ल्याएर पछ्याइरहनुभएको छ । शाही र कार्कीको मतान्तर ३ हजार ३९ छ । खसेको मतमध्ये गणना हुन २ हजार ६५७  मत मात्रै बाँकी छ ।

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जित निश्चित

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । प्रचण्डले बनाउनुभएको मतान्तर भन्दा गन्न बाँकी मत निकै कम भएसँगै उहाँको जित निश्चित भएको हो । अध्यक्ष प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ९ हजार ९५७ मत प्राप्त गर्नुभएको छ । यो १२८५० को अग्रता हो । ५४ हजार ५३ मत खसेको गोरखा २ मा ४५ हजार ८३८ मत गणना भैसकेको छ । अब आठ हजार २१५ मत गन्न बाँकी छ ।

झापा-१ मा विश्वप्रकाश शर्माको जित निश्चित

झापा – झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । अब गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएका कारण शर्माको जित निश्चित भएको हो । ११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमाले उम्मेदवार अग्नीप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडी […]

काठमाडौँ-५ मा प्रदिप पौडेलको जित निश्चित

काठमाडौं - काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलको जित निश्चित भएको छ । ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी रहँदा पौडेलले १४ हजार ८३ मतका साथ अग्रता लिइरहेका छन् । पोखरेलको ९ हजार ५ सय ४ मत छ । उनीहरूबीको अन्तर ४ हजार ५ सय ७९ छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएपछि पौडेलको जित निश्चित भएको हो ।

गोरखा-२ मा प्रचण्डको जित निश्चित,सूर्यलाई घण्टीको धक्का

गोरखा। आइतबार सम्पन्न भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुनेक्रममा सर्वाधिक चासोको रुपमा रहेको गोरखा २ मा भने नेकपा माओवादीका अध्यक्ष प्रचण्डको जित निश्चित जस्तै देखिएको छ । यद्यपी मत गणना भने जारी नै छ । मंगलबार सम्म कूल खसेको ५३ हजार मत मध्ये १५ हजार जति मत गणना गर्दा प्रचण्डको मतान्तर धेरै देखिएका कारण […]

काठमाडौं ४ मा गगन थापाको जित निश्चित

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर ४ मा गगनसँग नेकपा एमालेका डा. राजन […]

पोखरामा ३८ सय मत गन्न बाँकी, आचार्य ५ हजारले अगाडि

पर्वत : कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यको जित निश्चित भएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको १ लाख ३९ हजार ४११ मत गणनाको नतिजामा आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ४८५ मतले पछाडि पारेका छन्।जबकि अब गणना हुनका लागि ३ हजार ८१५ मत बाँकी रहेको छ। आचार्यले प्राप्त गरेको मतान्तर गणना हुन बाँकी रहेको मतभन्दा १ हजार ६७० ले बढी रहेको छ। बाँकी रहेका ३ हजार ८१५ मत लगातार थापाला