मुगु - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि भएको चुनाव अन्तर्गत प्रतिनिधि सभाका लागि मुगुमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा छ ।
मुगुमा कांग्रेसका ऐनबहादुर शाहीको जित निश्चित जस्तै भएको छ ।
उहाँले १२ हजार ८९३ मत प्राप्त गरी अगाडि हुनुहुन्छ । शाहीका प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीले ९ हजार ८५४ मत ल्याएर पछ्याइरहनुभएको छ । शाही र कार्कीको मतान्तर ३ हजार ३९ छ ।
खसेको मतमध्ये गणना हुन २ हजार ६५७ मत मात्रै बाँकी छ ।