उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारीमा, काठमाडौं प्रशासनका २० कर्मचारीलाई कोरोना

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

सम्बन्धित सामग्री

सीडीओ सरुवाको कार्यविधि संशोधन, जिल्ला वर्गीकरणमा हेरफेर

६ चैत, काठमाडौं ।  गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)को पदस्थापन, सरुवा वा काम काजमा खटाउने सम्बन्धी कार्यविधि संशोधन गरेको छ । कार्यविधिमा दोस्रो दोस्रो संशोधन गर्दै गृहले प्रमुख जिल्ला अधिकारी खटनपटनलाई नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुची, क्षमता र वरिष्ठताको आधारमा थप सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउने […]

११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।  मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो । सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ ।  त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।

सिरहाका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं– सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ ।  गृह मन्त्रालयले सीडीओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो ।  उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन ।

फेरिए चार जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं, ३० साउन । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले मंगलबार ४ जिल्लाका सीडीओहरू फेरेको हो। यसरी फेरिनेमा चितवन, नुवाकोट, सप्तरी र धनुषाका सीडीओहरू रहेका छन्। चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ भने नुवाकोटका सीडीओ किरण थापालाई सप्तरी पठाइएको छ। यस्तै सप्तरीका सीडीओ भूपेन्द्र थापालाई चितवन पठाइएको छ। धनुषाका सीडीओ […]

काठमाडौंको सीडीओ बने बस्नेत

काठमाडौं, २० असार । काठमाडौंको प्रमुख जिल्ला अधिकारी(सीडीओ) मा जितेन्द्र बस्नेत नियुक्त भएका हुन्। बस्नेत यस अगाडि गृह मन्त्रालयअन्तर्गत सुरक्षा तथा समन्वय महाशाखा प्रमुख रहेका थिए। वर्तमान सीडीओ घनश्याम उपाध्यायलाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेपछि उनको स्थानमा बस्नेतलाई नियुक्त गरिएको हो।

सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ । मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र भनसुनका आधारमा जोसुकै कर्मचारी ‘सीडीओ’ […] The post सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सीता बनिन् दलित समुदायबाट पहिलो महिला सीडीओ

५ फागुन, काठमाडौं । दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।

मास्क लगाउन अटेरी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्छुः सीडीओ शर्मा

काठमाडौं, ४ माघ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रादेवी शर्माले मास्क लगाउन अटेरी गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिने बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सीडीओ शर्माले भनिन्,” हामी अहिले जिंगल बजाएर वृद्ध, अशक्तहरुलाई मास्क बाँडिरहेका छौं । सकेसम्म स्वतःस्फूर्त रुपमा मास्क लगाउने गरी […]

काठमाडौंका सीडीओ फेरिए, गोविन्द रिजाललाई जिम्मेवारी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सीडीओ कालीप्रसाद पराजुलीको ठाउँमा सहसचिव गोविन्द रिजाललाई ल्याइएको हो। रिजाल गृह मन्त्रालयको प्रशासन शाखामा कार्यरत थिए। रिजालसँग दाङ र मकवानपुर जिल्लामा सीडीओ भएर काम गर्दाको अनुभव छ। गत मंसिरमा कालीप्रसाद पराजुलीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो। एक वर्ष नबित्दै उनलाई…

रामबहादुर कुरुम्वाङ : सिनियरलाई पन्छाउँदै कसरी पाए दाङको सीडीओ ?

१० असार, काठमाडौं । सिनियर सहसचिवहरुलाई गृह मन्त्रालयमै थन्काएर उपसचिव रामबहादुर कुरुम्वाङलाई दाङ जिल्लाको सीडीओ बनाइएको छ । सर्वोच्च अदालतको आदेशबाट खगराज अधिकारी गृहमन्त्रीबाट पदमुक्त हुनुअघि दुई जिल्लाको सीडीओ हेरफेर गर्दा कुरुम्वाङले दाङ जिल्ला हाँक्ने जिम्मेवारी पाएका हुन् । उनी आइतबार दाङमा हाजिर हुँदैछन् । यही असार १८ गते अवकाश हुन लागेका दाङका प्रजिअ दीर्घनारायण […]