नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई)का आवासीय राजदूत अब्दुल्ला सैइद मुबारक जरवान अलशाम्सी, ताञ्जानियाका गैरआवासीय राजदूत अनिसा कापुफी म्बेगा र सर्वियाका गैरआवासीय राजदूत सिनिसा पाभिकले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आयोजना गरिएको छुट्टाछुट्टै समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।