पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारबाट नियमित रूपमा रात्रिकालीन उडान भएको छ। भीएफआर प्रणाली लागू भएसँगै यस विमानस्थलबाट रात्रिकालीन उडान सुरु गरिएको हो। बुद्ध एयरले रात्रिकालीन उडान नियमित रूपमा गर्न लागेको हो। बिहीबार काठमाडौँ, भैरहवा, नेपालगञ्ज र भद्रपुरबाट बुद्ध एयरका चारवटा विमानले पोखरामा रात्रिकालीन अवतरण गर्ने पोखरा विमानस्थलका कार्यालय प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

नौ विमानस्थलमा रात्रि उडान

देशभित्र सञ्चालनमा रहेकामध्ये नौवटा विमानस्थल रात्रिकालीन उडान गर्न मिल्ने भएका छन् । जसमध्ये तीनवटा अन्तर्राष्ट्रिय र ६ वटा आन्तरिक विमानस्थल रहेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) सञ्चालनमा आए पनि अझै राति...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: सहज छैन खर्च धान्न

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पुरानाबाहेक नयाँ केही एयरलाइन्सले पनि उडान सुरु गरेका छन्। रात्रिकालीन उडान पनि भर्न सकिने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान संख्या केही थपिन सक्छ। त्यसले विमानस्थलको आम्दानी पक्कै बढ्नेछ।...

अन्तर्राष्ट्रिय उडानसँगै रात्रिकालीन सेवाको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ। उहाँले २३ फेब्रुअरी (फागुन ११)देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन।