पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार देखि रात्रिकालीन उडान सुरु हुने भएको छ। रात्रिकालीन उडानका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सेड्यूल पास गराएको छ। विहीबार पहिलो दिन चारवटा रात्रिकालीन उडान हुने विमानस्थलले बताएको छ। बुद्ध एयरका अनुसार रात्रिकालीन उडान गरेर विहीबार बेलुकी पोखरा आएका जहाजको पोखरामै रात्रि विसान हुनेछ। काठमाडौं, भद्रपुर, नेपालगञ्ज र भैरहवाबाट विहीबार बेलुकी जहाज पोखरा आउनेछन्।