काठमाडौँ : आज काठमाडौँमा नेताहरुको फरक दृष्य देखियो। सधैँ राजनीतिक खिचातानीमा अल्झिरहने नेताहरु आज देउडामा रमाए। उनीहरुले देउडा नाचेर गौरा पर्व मनाएका छन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए। त्यहाँ परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो।काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने