हिमालयन बैंकले पारित गर्‍यो लाभांश, इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भने अस्वीकृत

पुस ३०, काठमाडौं । हिमालयन बैंकले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको २९औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  लाभांश पारित भएपनि इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव भने अस्वीकृत भएको छ । प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरुमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्विकृत भएको हो ।  मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत, विपक्षमा ४२ दशमलव २९ प्रतिशत र मत नहाल्नेमा १४ दशमलव शून्य ९ प्रतिशत रहेका थिए । मर्जर प्रकृयामा सहमति भएसँगै दुवै बैंकको वैशाख ३१ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । 

सम्बन्धित सामग्री

मर्जर बिथोलिंदा ‘बार्गेनिङ पावर’ गुमाउँदै हिमालयन बैंक

२४ असार, काठमाडौं । सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा हिमालयन बैंकले दोहोरो कुरा गरेको भन्दै सिभिल बैंकले हिमालयन बैंकमा गाभिने सम्झौता गर्न अस्वीकार गर्‍यो । नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि सिभिलसँग प्रक्रिया अघि बढाउन खोज्दा आएको उल्झनले हिमालय बैंकलाई दबावमा पारेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ स्वाप रेसियोमा गाभ्ने सहमति भएर शुक्रबार […]

हिमालयन बैंक र सिभिल बैंकको मर्जर भाँडियाे

आज हुन लागेको हिमालयन बैंक र सिभिल बैंकको मर्जरसम्बन्धी सम्झौता कार्यक्रम स्थगित भएको छ ।

हिमालयन बैंक र सिभिल बैंक मर्जर हुने, सहमतिपत्रमा बुधबार हस्ताक्षर गर्ने

हिमालयन बैंक र सिभिल बैंक एक आपसमा मर्जरमा जाने भएका छन् । यसअघि नेपाल इन्भेस्टमेन्ट बैंकसँग लामो प्रोसेस चलेर पनि अन्तमा मर्जर भाँडिएको हिमालयनले सिभिललाई मर्जर पार्टनरको रुपमा स्वीकार्ने भएको हो । १००ः८१ को स्वाप रेसियोमा हिमालयन र सिभिल मर्जरमा जाने सहमति भएको स्रोतले बतायो । सोही सहमति बमोजिम भोलि बुधबार दुई बैंकबीच मर्जर सहमति हुने बताएको छ ।

मर्जरमा जाने सहमति गरेका हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का

काठमाडौं, १४ बैशाख । मर्जरमा जाने सहमति गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । दुई बैकले मर्जर तोडेको आरोप लगाउँदै कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ । दुईबैंकबीच मर्जरमा जाने सहमति भएपनि अगाडी बढ्न नसकेपछि राष्ट्रबैंकले आधारभुत शेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो । गत वर्षको बैशाखमा […]

मर्जर तोडेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का हुने

१४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै राष्ट्र बैंकले यी दुई बैंकहरूलाई कारबाही गरेको हो । दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको […]

मर्जर असफल भएपछि हिमालयन र इन्भेस्टमेन्टले ३ वर्षसम्म लाभांश बाँड्न पाउँदैनन्

काठमाडौँ- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया असफल भएपछि यी दुवै बैँकले तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने भएका छन्। मर्जर प्रक्रिया अन्तिम समयमा असफल भएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ३ वर्षसम्म लाभांश पनि दिन नपाउने राष्ट्र बैँकका एक अधिकारीले जानकारी दिए। […]

किन असफल भयो इन्भेस्टमेन्ट र हिमालयन बैँकबीचको मर्जर प्रक्रिया?

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ […]

असफल भयो हिमालयन र इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया

काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख […]

हिमालयन–इन्भेष्टमेन्टको मर्जर प्रक्रिया : ३७ प्रतिशत सेयरधनीले जनाए अब्जेक्सन

दुई वाणिज्य बैंक ‘हिमालयन बैंक लिमिटेड’ र ‘नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ को मर्जर प्रक्रिया त्यसै तुहिने संकेत गरेको छ । बैंक मर्जरका लागि भएको लामो प्रयाससँगै ड्यू डिलिजेन्स अडिट (डीडीए) समेत भइसकेको अवस्थामा डीडीएमै गडबडी गरेको आशंकामा मर्जर प्रक्रिया भाँडिने संकेत गरेकोे हो ।सोही सम्बन्धमा हिमालयन बैंकका ३७ प्रतिशत संस्थापक सेयरधनीले मर्जरको विरुद्धमा अब्जेक्सन जनाउँदै बैंकलाई पत्र पठाएका छन् । हिमालयन बैंकको संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष, छायाँ इन्टरनेशनल

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता !

काठमाण्डाै – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।  ...