झापाको कमल गाउँपालिका –३ ले हात्ती धपाउन साइरन र टर्चलाइट वितरण गरेको छ । हात्तीका कारण स्थानीयहरु त्रसित बनेपछि हात्ती धपाउन र हात्ती आएको जानकारी दिन साइरन बजाइने भइको छ ।
काठमाडाैं । हात्तीबाट पाकेको धानबाली जोगाउन बाहुनडाँगीमा सात वटा साइरन जडित ट्र्याक्टर परिचालन गरिएको छ । भारतबाट दैनिक ५०–६० को सङ्ख्यामा नेपाल प्रवेश गर्ने हात्तीलाई धपाउन सीमानाकामा साँझ परेदेखि उज्यालो नभएसम्मका लागि साइरनसहितको ट्र्याक्टर परिचालन गरिएको हो । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका सीमा क्षेत्रको आलडाँगी, भोर्लेनी, बाहुनडाँगी भन्सार नाका, मिलनचोक, पुरानो नकलबन्द जाने बाटो, राइसिङ पुल […]
कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो ।
‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।’ साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । महराका अनुसार साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । साइरन बजेपछि हात्ती धपाउन सजिलो हुने उनले बताए । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न नपाउने र हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति पनि नहुने उनको भनाइ छ ।
‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घरलगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्याउन पाउँदैन ।’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । रासस