एजेन्सी- श्रीलंका संकटबारे भारतमा आज सर्वदलीय बैठक बस्ने भएको छ।तमिलनाडुका दलहरूले श्रीलंका संकटमा हस्तक्षेप गर्न अपिल गरेपछि सरकारले श्रीलंकाको उथलपुथललाई लिएर मंगलबार सर्वदलीय बैठक बोलाएको हो। अर्थमन्त्री निर्मला सीतारमण र विदेशमन्त्री एस जयशंकरले सर्वदलीय बैठकमा श्रीलंकाको संकटबारे विभिन्न राजनीतिक दलका नेताहरूलाई जानकारी दिनेछन्। आइतबार भएको एउटा सर्वदलीय बैठकमा डिएमके र एआक्इडिएमकेले सात दशकमा सबैभन्दा खराब […]