बागलुङ : शुक्रबार बिहानदेखि परेको झरीसँगै गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। हिमपात र झरीले जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन्। हिमालपारीको जिल्ला मुस्ताङमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ। सदरमुकाम जोमसोममा भने शुक्रबार साँझसम्म हिमपात भएको छैन। उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ क्षेत्रमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी हीरा पौडेलले बताइन्। हिमपातका कारण स्थानीय घर बाहिर निस्किन सकेका छैनन्। मुस्ताङको लेतेमा समेत हिमपात भएको छ। हिमाली जि