जङ्गल सफारीमा प्रयोग हुने हात्ती धमाधम बेचिँदै

चितवन । कोरोना महामारीले पर्यटन सुस्ताएसँगै जङ्गल सफारीमा प्रयोग हुने हात्ती भारत बेच्ने क्रम बढेको छ । झन्डै तीन वर्षमा २२ हात्ती घटेका छन् । यो वर्ष पनि हात्ती बिक्री रोकिएको छैन । गैरसरकारी संस्था जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) ले हात्ती खरिद–बिक्री तथा निकासी रोक्न माग गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र नै पठाएको छ । गत […]

सम्बन्धित सामग्री

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०÷८१ मा ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै रकम […]

पर्यटकको रोजाइमा हात्ती प्रजनन केन्द्र

चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र पर्यटक आकर्षणका साथै निकुञ्जको संरक्षणमा महìवपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । सुरुमा निकुञ्ज सफारीका लागि प्रयोग गरिँदै आएका हात्ती यति बेला चोरी सिकार नियन्त्रणका लागि जङ्गल गस्तीमा मात्र प्रयोग हुन थालेका छन् । हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्न नभई हात्ती प्रजनन केन्द्रमा हात्ती र हात्तीका छावा हेर्न आउने गरेका छन् । खोरसोर नै पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

एमालेको बन्दसत्र सुरु नहुँदा महाधिवेशन प्रतिनिधिहरु सेल्फी र सफारीमा व्यस्त

नेकपा (एमाले) को बन्दसत्र सुरु नभएपछि दशौं महाधिवेशनमा आएका प्रतिनिधिहरु फुर्सदिला भएका छ्न ।महाधिवेशनस्थल बन्दसत्रको हलमा नाचगान चलेको छ भने बाहिर सेल्फी र फोटो सेसनमा प्रतिनिधि व्यस्त भएका छ्न । कोही जङ्गल सफारी हात्ती सफारिमा व्यस्त छन् । ओखलढुंगाबाट आउनुभएका नानीबाबु बुढाथोकीले भन्नूभयो, “काम छैन, के गरेर बस्ने ? फोटो खिच्यो बस्यो ।”

दशैँमा सौराहा घुम्न जाने हो ? यस्ता छन् होटेलले ल्याएका आकर्षक अफर

सौराहाका व्यवसयाीहरुले नेपाली पर्यटक लक्षित छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका छन् । कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरु लक्षित गर्दै छुट छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गर्ने अभियान थालेका हुन् ।सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुट नै छुट गर्ने अभियान सुरु भएको क्षेत्रिय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए । उनका अनुसार यहाँका व्यवसायीहरुले १० देखि २५ प्रतिशतसम्म छुट यसअघिदेखि दिई राखेको बताउदै विभिन्न अफरहरु आ आफ्नै तरिकले जारी छ ।“पर्यटक आउनुस् भनेर मात्र आउँदैनन्, केही विशेष र आकर्षक योजना चाहिन्छ। हामी त्यसैका लागि सौराहा घुम्न प्रर्वद्धन गर्दै सहुलियत दिन लागेका हौँ' होटल जंगल क्राउनका कार्यकारी प्रमुख सन्तोष गिरीले भने । होटल जंगल क्राउनले फेष्टिभ, हनिमुन र एनिर्भसरी छुट प्याकेज सार्वजनिक गरेको उनले बताए । क्राउनले छठ पर्वसम्म एक रात, दुई दिनका लागि परिवारका लागि छुट अफर ल्याएको छ ।एक परिवार सहित १० वर्ष मुनिका २ बालबालिकालाई ७ हजार ५ सय रुपैयाँ तिरेर खाना र बास दिने जनाएको छ । परिवार सहित सौराहा घुम्न प्रर्वद्धन गर्न सहुलियत दिन लागेको कार्यकारी प्रमुख सन्तोष गिरीले बताए । खाना र बेभरेजमा १५ प्रतिशत छुट दिने समेत जनाएको छ ।२०७६ सालको चैतमा लकडाउन घोषणा गरिएसँगै थला परेको पर्यटन केही महिना चहलपहल भए पनि फेरि दोश्रो लहरका कारण पुनः लकडाउन हुँदा २०७८ सालको सुरुआत देखि ठप्प थियो। अहिले फेरि यहाँ ६ महिनापछि लकडाउन हटेसगैँ व्यवसयाीहरुले अफर नै अफर जारी राखेका हुन् ।३ रात बास बस्नेलाई एक दिन पूर्ण छुट दिने गिरीले बताए । फेष्टिभ अफर स्वदेशी पर्यटकलाई आकर्षण गर्न ल्याइएको हो । एउटा परिवारले ७ हजार ५ सय तिरेपछि खाना र खाजा सहित एउटा डिलक्स रुम पाउनेछन् ।हनिमुन तथा एनिर्भसरी मनाउन चाहनेलाई ९ हजार रुपैयाँमा सुपर डिलक्स रुम रहेका भिल्ला उपलब्ध गराइने छ । खाजा, खाना सहित भोलिपल्ट दिउसो ३ बजेसम्म भिल्लामा बस्न पाउने छन् । कोठा सजावट, केक, वाइन लगायतका सुविधा पनि पाउनेछन् ।यस्तै होटल जंगल भिष्टा सौराहाले पनि प्रति व्यक्रि ५५ सय रुपैयाँको दुईरातसहितको दशै तिहार अफर ल्याएको छ । होटल जंगल भिष्टाका प्रबन्ध निर्देश रमेश सिल्लावका अनुसार जैविक विविधताले भरिपूर्ण, पर्यटकीय हब सौराहामा मनको चिन्ता हटाउदै आनन्द पूर्ण वातावरण दिन समेत छुट अफरले थप मद्दत पुग्नेछ ।यस्तै जङ्गल सफारी लजका सञ्चालक समुन घिमिरेले दशैँ–तिहार लक्षित गर्दै ‘पे नाउ, गो लेटर’ प्याकेजसगैँ दुई रात तीन दिनको सो प्याकेजम घोषण गरेका थिए । दुई रात प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने घिमिरेले बताए ।यस्तै, होटल एशोसिएशन नेपालका केन्द्रिय सदस्य समेत रहेका रेन फरेष्टका सञ्चालक ज्ञानेन्द्रकुमार विष्टले पनि छुट प्याकेज घोषणा गरेका छन् ।‘हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ,’ उनले भने ‘प्याकेजमा एक रात दुई दिनको चार हजार ४४४ रुपैयाँ पर्दछ ।’ जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्टसँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्नेछ । अबको पर्यटनमा नवीनतम सोचको आवश्यकतासँगै यस विषयमा सरोकारवालासहितको राय सुझावसहित छिटै नयाँ कार्यक्रमहरु ल्याउने रेवान सौराहा अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए । उनले यहाँ व्यवसयाीहरुले पर्यटकीय गन्तव्यसँगै सांस्कृतिक, धार्मिक, प्राकृतिक पक्षलाई उजागार गर्ने कार्यक्रमलाई समेत विशेष प्रथामिकता राखेका छन् । सौराहा आउने पर्यटकहरु जंगल, हात्ती र जीप सफारीसगैँ पैदल यात्रा, डुङ्गा विहार, टावर नाईटमा रमाउन मन पराउछन् भने, सौराहा संग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना र होमस्टे समेत यहाँको मुख्य आर्कषण पर्दछ । यस्तै यहाँ आउने पर्यटकहरु एकसिंगे गैडा, बाघ, हात्ति लगायतका अन्य जंगली जनावर हरेर लोभिने गर्दछन् ।सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ रहेका छन् ।

चाडबाड केन्द्रित छुट प्याकेज

कोरोना कहर कमी भएसँगै विस्तारै खुल्दै गरेका सौराहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् । दसैँ, तिहारजस्ता ठूला चाडपर्वलाई केन्द्रित गरेर होटलहरूले सस्तो मूल्यमा प्याकेज सार्वजनिक गरेका हुन् । जङ्गल सफारी लज सौराहाले ‘यस वर्षको दसैँ तिहार सौराहामा’ भन्ने प्याकेज सार्वजनिक गरेको छ । दुई रात तीन दिन सौराहा घुमेको प्याकेज लजले पाँच हजार ५५५ रुपियाँ सार्वजनिक गरेको सञ्चालक सुमन घिमिरेले जानकारी दिनुभयो । “प्याकेजमा दुई रातको बास सुविधासहित लन्च, डिनर र ब्रेकफास्टको व्यवस्था मिलाइएको छ”, सञ्चालक घिमिरेले भन्नुभयो, “यही कार्यक्रममै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र पनि घुमाइने कार्यक्रम तय गरिएको छ । ” लजले यो प्याकेज प्रतिव्यक्ति केन्द्रित गरेर घोषणा गरेको हो । सामान्य अवस्थामा यो प्याकेजको लजले आठ हजार ५५५ रुपियाँ लिने गर्छ ।