मकवानपुर – मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवतीलाई पौष्टिक आहार वितरण गरेको छ । आज कैलाश–७ ताम्लाङस्थित ङिको स्थास्थ्य चौकीमा स्थानीय गर्भवतीलाई १२ थरीका पौष्टिक तत्वयुक्त ‘पौष्टिक प्रवद्धन कोसेली’को प्याकेट वितरण गरिएको हो । गर्भावस्थामा उचित पोषणको अभावका कारण आमा र गर्भस्थ शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भनेर गर्भवतीलाई पौष्टिक आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । […]