मतगणना स्थलमा सूचना प्रवाह सहज गर्न पत्रकारसँग छलफल

जुम्ला – जुम्लामा पालिका तहको चुनावमा सूचना प्रवाह सजिलो र विश्वसनीय बनाउन पत्रकार र मुख्य निर्वाचन अधिकृतबीच छलफल भएको छ । बुधवार भएको छलफलमा मतगणनको समयमा पत्रकारहरुको प्रवेश सहज बनाउने, आधिकारिक सूचना सम्प्रेषण गर्ने लगायतका विषयमा छलफल भएको हो । मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले पत्रकारहरुसँग गर्नुभएको छलफलमा मतगणना अवधिमा छिटो छरितो र विश्वसनीय सूचनाका लागि पत्रकारलाई सहज बनाउने बताउनुभयो ।   

सम्बन्धित सामग्री

पाथीभरामा पर्यटन सूचना केन्द्र

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास […]

सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्‍याउँछु : मन्त्री शर्मा

काठमाडौं। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकीछन्। मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताएकी हुन्। उनले सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन्।

सूचना प्रवाहलाई सहज बनाउँदै जिल्ला प्रशासन

मनाङ– जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरूपता ल्याइने प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको […]

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

काठमाडौँ,६ पुष । जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ । जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरुपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज […]

मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन छ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ । आयोगले प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध […]

सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्छ : प्रजिअ श्रेष्ठ

डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सार्वजनिक सरोकारका हरेक सूचनामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताएकी छन् ।  अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित विभिन्न कार्यालयका सूचना अधिकारी तथा सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रियामा सूचना पाउने हक सबैलाई समान भएको भन्दै श्रेष्ठले सूचनाको सहज पहुँचमा  जोड दिएकी हुन् ।  प्रजिअ श्रेष्ठले सार्वजनिक […]

सूचना केन्द्र स्थापना भएपछि छात्र छात्रालाई यौन शिक्षा बुझ्न सहज

बझाङ । बझाङका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएपछि छात्र छात्राहरुलाई यौन शिक्षा बुझ्न सहज भएको छ । शिक्षकहरु समेत विद्यार्थीहरुलाई खुलेर यौन शिक्षा अध्यापन गराउन सक्ने भएका छन् । यो भन्दा अगाडी न शिक्षक, न विद्यार्थी यौनका विषयमा खुलेर बोल्न असहज मान्दथे । अहिले बझाङका गाउँगाउँका विद्यालयमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएका […]

सरकारी सूचना र तथ्यांकको गोपनीयताका लागि विशिष्टीकृत जनशक्तिको आवश्यकता

नेपालको संविधान २०७२ मा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने उल्लेख गरिएको छ । संविधानमा विकास सम्बन्धी नीतिमा राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरी त्यसमा सर्वसाधारण जनताको सहज र सरल पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने उल्लेख गरिएको छ । यस्तै पन्ध्रौँ योजनामा सूचना प्रविधिमा सबै नागरिकको पहुँच […]

मेडिकल अक्सिजन सहज वितरणका लागि मन्त्रालयको सार्वजनिक सूचना

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल अक्सिजन सहज वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा आवश्यक