काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतको परमादेशविरुद्ध भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको छ।एमाले संसदीय दलको शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संसद पुनर्स्थापनासहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेशविरुद्ध भण्डाफोर अभियान चलाउने निर्णय गरेको हो।सर्वोच्चले मुलुकलाई निर्दलीय व्यवस्थातिर धकेल्ने गरी फैसला गरेको भन्दै एमालेले जनतामाझ गएर भण्डाफोर गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी