पचास हजार मेट्रिक टन मल आयात गरिँदै

कृषि सामग्री कम्पनी लिमिटेडले थप ५० हजार मेट्रिक टन मल आयात गर्ने तयारी गरेको छ । कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टन ल्याउन लागेको हो । अबको केही दिनमै यससम्बन्धी सम्झौता गर्न लागिएको कम्पनीले जनाएको । मल आपूर्तिका लागि गरिएको ग्लोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनी छनोट भइसकेको छ । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले तीनवटा कम्पनीले बोलपत्रमा सहभागी भएकामा स्विस सिङ्गापुर कम्पनी छनोट भएको जानकारी दिनुभयो । “एक/दुई दिनभित्रै सम्झौता गरेर प्रक्रिया अगाडि बढाइनेछ,” उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

३० अर्बको ५ लाख २० हजार टन रासायनिक मल आयात हुँदै

कृषि सामग्री कम्पनीले तीन लाख ६४ हजार टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख ५६ हजार टन मल आपूर्ति सुरु गरिसके रासायनिक मलमा अनुदानका लागि चालू आर्थिक वर्ष ०८०/८१ मा विनियोजित...

'७१ हजार मेट्रिक टन मल मौज्दात छ, यो वर्ष अभाव हुँदैन'

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ । शुक्रवार आज प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गएकाे साउन महिनादेखि अहिलेसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनु भयो । उहाँले त्यसमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनु भयो । त्यस्तै यही महिनाभित्र भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याइने पनि उहाँले ब...

सरकारसँग ७३ हजार मेट्रिक टन मल मौज्दात, तर किसानले पाएनन्

काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ । कृषि सामग्री कम्पनीले आयात गर्ने...

साल्ट ट्रेडिङद्वारा रासायनिक मल आयात, २५ सय टन मल आयो, १९ हजार टन आउँदै

बजारमा अभाव भएर किसानले रासायनिक मल पाउन नसकिरहेको अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनले युरिया मल आयात गरेको छ।...

तीन लाख टन मल आवश्यक, तर गोदाम रित्ता

मुुख्य सिजनमा करिब तीन लाख टन मल चाहिने भए पनि अहिले सरकारी गोदाममा युरिया मल लगभग शून्यको अवस्था छ । नेपालमा मल आयात गर्ने दुुई आधिकारिक संस्था कृषि सामग्री कम्पनी र...

मलको आयात कम हुने

चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मल खरिद गर्नका लागि बजेट वृद्धि गरे पनि मल भने कम आयात हुने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले यो वर्ष कम आयात गरिने भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गत वर्ष चार लाख मेट्रिक टन मल आयात भएको थियो । यो वर्ष एक अर्ब […]

भारतबाट जीटुजीमार्फत रासायनिक मल आउने

लामो प्रयासपछि सरकारले भारतबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत रासायनिक मल ल्याउने तयारी गरेको छ ।मल आयात गर्नका लागि प्रस्ताव पठाइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । सरकारले भारतसँग सरकारी संयन्त्र (जीटुजी) मार्फत यो वर्ष एक लाख ५० हजार टन मल आयात गर्ने तयारी गरेको छ । त्यसका लागि नेपालबाट आवश्यक कागजात भारत पठाइसकेको […]

धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी

आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ । बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद गरेको पहिलो चरणको २२ हजार ५ सय टन मल नेपाल भित्रिएपछि बजारमा मलको अभाव हटेको हो । कृषि सामग्री कम्पनी लिमिटे...

धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने दाबी

आगामी वर्ष धान रोप्ने बेला रासायनिक मलको अभाव नहुने भएको छ ।बंगलादेशबाट आयात गरिएको २२ हजार ५ सय टन मल भित्रिसकेको र बाँकी आउने क्रममा रहेकाले अभाव नहुने देखिएको हो । सरकारले समयमा मल आयात नगर्दा वर्षेनी किसानले धान रोप्ने समयमा मलको अभाव खेप्दै आएका थिए । यो वर्ष भने समयमा मल आयात हुँदा मलको […]