काठमाडौँ, साउन ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ ।
तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन ।
स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर राजनीतिक गतिविधि सञ्चालन गरिने पार्टीले जनाएको छ ।