कैलारी गाउँपालिकाद्वारा भलमन्सा प्रथालाई कानूनी मान्यता प्रदान
थारु समुदायमा सदियोदेखि प्रचलित भलमन्सा (बड्घर) प्रथालाई कैलालीको एक स्थानीय तहले कानूनी मान्यता दिएको छ ।
थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको हो ।
काठमाडौं । सिंगापुरले समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ । सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गर्नुभएको हो । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ […]
काठमाडौँ । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनु पर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको […]
२ भदौ, काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा […]
काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानूनी अनुमति दिने भएकाे छ । सर्वोच्च अदालतले ५० वर्ष पुरानो फैसला उल्ट्याएको हाे । योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् । अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानूनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ । तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै […]
काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइन क्रिप्टोकरेन्सीलाई औपचारिक मुद्राका रुपमा कानूनी मान्यता दिएको छ । बिट्कोइनलाई कानूनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको त्यहाँको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बीबीसीका अनुसार उक्त निर्णयले मुलुकलाई संसारको ‘सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा’ पुर्याएको विज्ञप्तिमा लेखिएको छ । यससँगै मध्य अफ्रिकी गणतन्त्र बिट्कोइनलाई कानूनी मान्यता […]
युक्रेनले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिप्टोकरेन्सीको व्यवस्थापन सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।
न्युजिल्यान्डमा इच्छा–मृत्यु वरण गर्न पाउने कानुनी रुप पाएको छ । इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आइ मृत्युले कानुनी मान्यता पाएको छ । न्युजिल्यान्डमा न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ । न्युजिल्यान्डमा […]
गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत महिलाले मात्र कानूनबारे जानकार रहेको पाएको छ। अझैपनि यो कानून र यसले दिएका अधिकारबारे नेपालमा ५८ प्रतिशत महिला अनविज्ञ छन्।
जेठ २६, एल साल्भाडोर । एल साल्भाडोर भर्चुअल मुद्रा बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको छ ।
यस देशको कांग्रेसले अत्यधिक बहुमतका साथ बिबट्क्वाइन कानून पारित गरेका छ । विधेयकको पक्षमा ८४ मध्ये ६२ मत खसेको थियो । यो खबर सार्वजनिक भएसँगै बुधवार बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ३४ हजार २३९ डलर १७ सेन्टमा पुगेको छ । बुधवार बिहान एल सल्भाडोरका राष्ट्रपति नायिब बुकेले कंग्रेसमा मतदानका लागि विधेयक पठाएका थिए ।
यस कानूनको उद्देश्य अप्रतिबन्धित कानूनी टेन्डरको रुपमा बिट्क्वाइनको नियमन गर्नु रहेको बताइएको छ । मूल्य अब बिट्क्वाइनमा पनि देखाउन सकिनेछ । कर भुक्तानी पनि यसबाटै गर्न सकिनेछ । बिट्क्वाइन सटहीमा पूँजीगत लाभ कर लाग्ने छैन । बिट्क्वाइनलाई कानूनी टेन्डरको रुपमा एल साल्भाडोरल कसरी सार्वजनिक गर्छ भन्ने अझै पनि अस्पष्ट छ ।
अमेरिकी डलरसँग बिट्क्वाइनको सटही दर बजारले स्वतन्त्रतापूर्वक स्थापित गर्ने बताइएको छ । अहिले एल साल्भाडोरको आधिकारिक मुद्रा अमेरिकी डलर हो ।
सर्वसाधारणहरुले बिट्क्वाइन कारोबारमा पहुँच बनाउन सकुन् भनेर राज्यले आवश्यक तालिम संयन्त्रको प्रवद्र्धन गर्ने पनि कानूनमा उल्लेख छ । बिट्क्वाइन कानूनअनुसार एल साल्भाडोरका करीब ७० प्रतिशत जनतासँग परम्परा वित्तीय सेवामा पहुँच छैन ।
यसलाई वित्तीय समावेशिता बढाउने तरिकाको रुपमा हेरिएको छ । एजेन्सी