ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् । पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करिब २३ करोड लागतमा बनेको पुल दुईसय मिटर लामो छ ।पुलमा पाँचवटा स्पानहरू रहेका छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुईवटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् । निरीक्षणपछि सञ्चारकर्मीहरूसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख क