उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चुननारायण श्रेष्ठ निर्वाचित भएका छन् । हिजो सोमबार अबेर सम्पन्न मतदानबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित बनेका हुन् । संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित हुँदा उपाध्यक्षमा राजेन्द्र ओली, शिरष पन्त, सुमन श्रेष्ठ र चिरञ्जिवी सुवेदी निर्वाचित बनेका छन् । २५ सदस्यीय कार्यसमितिमा यसअघि नै १३ जना सर्वसम्मत बनेका थिए । कार्यसमितिमा बाँकी १२ जनाका लागि निर्वाचन भएको थियो । संघको वस्तुगत सदस्यहरूमा गुणराज पौडेल, जनक पौडेल, रविन्द्रकुमार श्रेष्ठ, सन्तोष भुसाल विजयी