काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार आजदेखि हुने भएको छ । सर्वसाधारणलाई निष्कासन गरेको प्रभु लाइफले सो शेयरको बाँडफाँट र सूचीकरणको प्रक्रिया पूरा गरेर आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु गर्न लागेको हो । आइतबारदेखि सुरु हुने कारोबारका लागि इन्स्योरेन्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको छ । यसअनुसार यो शेयरको पहिलो कारोबार १ सय १० रुपैयाँदेखि ३ सय २८ रुपैयाँसम्ममा हुनेछ । यद्यपि अन्यथा नभएको अवस्थामा पहिलो कारोबार माथिल्लो रेञ्ज अर्था