६२ करोड भारुमा लिलाम भयो अमृता शेरगिलको ‘द स्टोरी टेलर’

भारतीय मूलकी प्रसिद्ध चित्रकार अमृता शेरगिलको पेन्टिङ ६२ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।भारतको नयाँ दिल्लीस्थित द ओबेरोय होटलमा भएको लिलामीका क्रममा अमृताको ‘द स्टोरी टेलर’ ६२ करोड भारुमा बिक्री भएपछि नयाँ विश्व कीर्तिमान बनाएको छ।अमृताको पेन्टिङले सैय्यद हैदर राजाको ५१ करोड ७५ लाख भारुमा बिक्री भएको चित्र ‘जेस्टेशन’को रेकर्ड तोडेको हो। सन् १९३७ मा बनाइएको यो पेन्टिङले अमृता शेरगिललाई फेरि चर्चामा ल्याएको छ।