मौरीमा आत्मनिर्भर बन्दै मालारानीका कृषक

गुल्मी । मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक मौरीपालन गर्दै आएका कृषकको हरेक घरमा न्यूनतम ८ देखि १५० सम्म मौरीका घार छन् । मौरीपालक कृषकलाई व्यावसायिक बनाउँदै कृषकहरूको जीवनस्तर माथि उठाउने उद्देश्यले उक्त कार्यक्रम लागू गरिएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए । सो कार्यक्रमका लागि उक्त केन्द्रमार्फत चार वर्षको अवधिमा रू. १ करोड २५ लाख अनुदान उपलब्ध गराउने भएकोमा पहिलो वर्ष रू. ५० लाख, दोस्रो वर्ष रू. ३७ लाख ५० हजार, तेस्रो वर्ष रू. २५ लाख र चौथो वर्ष रू. १२ लाख ५० हजार मौरीपालक कृषकलाई अनुदान उपलब्ध गराइँदै आएको छ । उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तीमगरको दिन अहिले बिहानदेखि बेलुकासम्म मौरीसँग रमेरै बित्ने गर्दछ । उनको घरमा अहिले मौरीका १५० घार छन् । उनले ती घारबाट एकै याममा छ क्वीण्टलसम्म मह उत्पादन गर्दै आएकी छन् । चुमाजस्तै मालारानीका खुमकुमारी छन्तेल, मोहन छन्तेल र अर्लांकोटका टोपनारायण खरेललगायत कृषकले पनि एकै याममा मह विक्रीबाट जनही रू. एक लाखभन्दा बढी आम्दानी गर्दै आएको जानकारी दिए । कृषि ज्ञान केन्द्रले समयसमयमा कृषकलाई मौरीपालन गर्ने तरीकाबारे जानकारी गराउनुका साथै मौरीमा देखिने रोगकीराको पहिचान तथा क्षमता अभिवृद्धिलगायत तालिम दिँदै आएको उक्त कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिए । मालारानीमा उत्पादित मह विभिन्न वनस्पति र फूलहरूको रसबाट उत्पादन भएको, विषादीरहित तथा प्रांगारिक भएका कारण पनि बजारमा धेरै माग हुँदै आएको छ । यहाँको मह स्थानीय बजारमा अहिले प्रतिकिलो रू. १ हजार ५०० मा विक्री हुँदै आएको छ । मालारानीलाई मौरीको पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्न यहाँका कृषकले आउँदो वैशाख ४ गते मह दिवस मनाउने भएका छन् । रासस

सम्बन्धित सामग्री

भोजपुरमा कृषक आत्मनिर्भर हुँदै

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन स्थानीय कृषकहरुको अनुगमन सुरु गरेको छ । व्यावसायीक कृषकहरुलाई प्राविधिक, आर्थिक,भौतिक सहयोग र अनुदान प्रदान गर्न गाउँपालिका सबै कृषकहरुको घरदैलोमा पुगी रहेको छ । भोजपुरको अरुण गाउँपालिकाले कृषि तथा पशुपालनमा आत्मनिर्भर हुन गाउँपालिका क्षेत्रभरीका कृषक तथा कृषि समुह, निजी फर्महरुको अनुगमन सुरु गरेको छ । […]

खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने बजेट ल्याउन आग्रह

खाद्य सुरक्षामा आत्मनिर्भर बनाउने बजेट ल्याउन नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । आगामी आर्थिक बर्षको बजेट निर्माण अघि कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारका प्रतिनिधिलाई संगै बिहीबार गरेको छलफलमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले त्यस्तो आग्रह गरेका हुन् । त्यसैगरी चेम्बरले आगामी आर्थिक वर्षको बजेटका लागि आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न कृषि उत्पादन वृद्धिलाई पहिलो […]

पशुपालनबाट आत्मनिर्भर बन्दै कृषक

हेटौँडा, १५ वैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेमा एउटा परिवार आफ्नै मेहनतमा रमाइरहेको छ । पैसा कमाउन विदेश जानुभन्दा पनि स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण भोर्लेका प्रवीण दङ्गालको दम्पतीले प्रस्तुत गरेका छन् । सरकारी वा गैरसरकारी क्षेत्रको जागिरभन्दा पनि आफ्नै मेहनतमा धेरै पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यले दङ्गालले चार वर्ष अगाडिदेखि व्यावसायिकरुपमा गाईपालन […]

मौरीपालनबाटै आत्मनिर्भर

गुल्मी- मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मनिर्भर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रको सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । उक्त नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर व्यावसायिक […]

बागलुङ बन्न सकेन खाद्यान्नमा आत्मनिर्भर, सिँचाइ सुविधा २० प्रतिशत मात्रै

बागलुङ – बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन। जिल्लामा खेतीयोग्य जमिन नभएर होइन। बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ। यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको हो। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङबाट चालु आर्थिक वर्षमा जिल्लाभर एक सय ३७ वटा योजना परेका […]

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा […]

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थाल्नुभएको छ । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहनुभएका लामिछाने भन्नुहुन्छ, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा …

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

पोखरा, ५ मङ्सिर । कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे«–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थाल्नुभएको छ । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहनुभएका लामिछाने भन्नुहुन्छ, “अन्य […]

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञान केन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ ।  कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ ।जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइँदा केरा खेती बर्सेनि बढिरहेको छ । उनका अनुसार गत आर्थिक वर्ष ०७७–०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट

दूधमा आत्मनिर्भर बराहक्षेत्रका कृषक मारमा

जेठ २, सुनसरी । लकडाउनको प्रत्यक्ष असर दूधबाट दैनिक आम्दानीमा निर्भर साना किसानहरूमा परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न साना पशुपालक कृषकहरुको उत्पादित दूध बजारसम्म पुर्‍याउन नसक्दा मारमा परेका हुन् ।  शहर बजारमा दैनिक ज्यालादारी गर्ने श्रमिकको चिन्ता जतिकै गाउँबाट बजारमा लगेर दूध बेच्ने दूध व्यवसायीहरूमा पनि बेरोजगारीको चिन्ता बढ्दै गएको छ । यति बेला उनीहरु अर्ध–बेरोजगार बनेका छन् । लकडाउनका कारण सम्पूर्ण होटल, व्यवसाय बन्द हुँदा पर्याप्त दूध खपत हुन सकेको छैन । उत्पादन भएको ५० प्रतिशत दूधको व्यापारमा ह्रास आएको उनीहरुको भनाइ  छ ।  ठूला तथा साना डेरीवालाहरू लकडाउनमा केहि जेनतेन चलिरहेका छन् । तर साइकल, मोटरसाइकलमा टेमीमा बजार पुर्‍याएर दूधको व्यावसाय गर्ने हरूलाई समस्या भएको छ ।  एकातिर प्रशासनको कडाइ अर्को तिर होटल व्यवसाय बन्द हुँदा दूध खपत न्यून हुन थालेपछि उनीहरूको व्यवसाय अहिले ५० प्रतिशत मात्रै हुन थालेको छ । जसले गर्दा एउटा दुईओटा गाई, भैँसी पालन गरेर २/४ लिटर दूधको आम्दानी गर्ने वा फर्म खोलेर कृषिमा निर्भर किसानहरू थप मारमा परेका छन् ।  धरान, इटहरीमा दैनिक साइकल, मोटरसाइकल, टेमीमा दूध विक्री गर्न जाने बराहक्षेत्र नगरपालिकाको कालाबन्जार, रामझोडा, सिमरवन, विशाल चोक, धनपुरी, पिडारीका करीब २०० दुग्ध व्यवसायी प्रभावित भएका छन् भने करीब ५०० परिवार पीडित बनेका छन् ।  गाउँका साना साना किसानबाट मोटरसाइकल र साइकलमा संकलन गरेर उपभोक्ताको घर घर पुर्‍याउने दुग्ध व्यवसायीलाई लकडाउनमा स्थानीय प्रशासनले कडाइ र होटल व्यवसाय बन्द भए पछि दुग्ध खपतमा ह्रास आएको भरौलका साना दुग्ध व्यवसायी हर्क राई बताउँछन् ।  उनले भने, ‘धरानमा होटल, पसल, व्यवसाय बन्द छ, घर भित्रै बसेकाले दूध खपत पनि खासै हुँदैन दूध विक्री गर्न समस्या परेकाले हामी आफै मार्कामा परेका छौ, यसै कारण किसान र साना व्यवसायीलाई सरकार राहतले राहत दिनुपर्ने अवस्था आएको छ ।’  दूध धरान पुर्‍याउने काम पनि संक्रमणको डरले असुरक्षित छ । दूध खपत कम हुँदा किसानबाट उत्पादन भएका सबै दूध संकलन गर्न सकेका छैनन् । अन्य समयमा करीब १२० लिटर दैनिक विक्री गर्ने उनी अहिले मुस्किलले ४० देखि ४५ लिटर मात्र विक्री गर्ने गर्दछन् । कोरोना भाइरसको रोकथामका लागि भएको लकडाउनले भने पशुपालन व्यवसायनै धरापमा परेको अर्का दूध व्यवसायी दिपक पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कोरोना महामारीको त्रासमा रहेका किसानहरूले उत्पादन गर्दै आएको दूध विक्री हुन छाडे पछि आर्थिक दबाब बढेको छ, दैनिक सात, आठ लिटर दूध उत्पादन गर्ने घरमा ५०० रुपैयाँ कमाइ गरेर घर चलाउने परिवारलाई उत्पादन भएको सबै दूध खपत नहुदा समस्या पर्न थालेको छ ।’  पाण्डेले दैनिक १४० लिटर दूध इटहरी लगेर बेच्ने गरेका थिए । तर अहिले ५० लिटर मात्र विक्री हुने गरेको उनी बताउँछन् ।