कोरोना बढेपछि महाराष्ट्रमा लगाइयो रात्रिकालीन कर्फ्यू

भारतको महाराष्ट्र प्रदेशमा आइतबारदेखि रात्रिकालिन कर्फ्यु जारी गरेको छ।

सम्बन्धित सामग्री

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू

महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ। थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भोजपुरका कृषक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। नेपाल तरुण दल ६९ वर्षमा प्रवेश गरेको छ।

दिल्लीमा विकेण्ड कर्फ्यू समाप्त

एजेन्सी, १३ माघ। भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको संक्रमण दरमा कमि आउन थालेको छ । दिल्ली सरकराले जारी गरेको केही प्रतिवन्धहरु हटाउने निर्णय गरेको छ । दिल्लीमा विकेण्ड कर्फ्यू हटाइएको हो । यसबाहेक दिल्लीमा अब ५० प्रतिशत क्षमतासहित सिनेमाहरु पनि खुल्ने छन् । दिल्लीमा पछिल्लो समय संक्रमितहरु थपिने क्रममा कमी आएको छ । पछिल्लो […]

दिल्लीमा हप्ताको दुई दिन लगाइएको कर्फ्यू हट्यो, शैक्षिक संस्था भने बन्दै रहने

१३ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड-१९ नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध खुकुलो पारिएको छ । कोरोना संक्रमणदर घट्न थालेसँगै दिल्लीमा लगाइएका प्रतिबन्ध खुकुलो पारिएको हो । प्रतिबन्ध खुकुलो पारिएसँगै दिल्लीमा हप्ताको दुई दिन लगाइएको कर्फ्यू यसै सातादेखि हटाइने भएको छ । दिल्लीमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि हरेक शनिबार र […]

दिल्लीमा ५५ घण्टे कर्फ्यू शुरू, घरबाहिर निस्कन निषेध

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि ५५ घण्टे सप्ताहन्त कर्फ्यू शुरू भएको छ । कोरोना नियन्त्रणका लागि शुक्रवार राति १० बजेदेखि सोमवार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ । यसअघि क्रममा घरबाहिर निस्कन समेत निषेध गरिएको छ । अत्यावश्यक क्षेत्रबाहेक घरबाहिर निस्किन प्रशासनबाट पास लिनुपर्ने भएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा १७ हजार ३३५ थप संक्रमित फेला परेका छन् । संक्रमण दर १७.७३ प्रतिशत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाले दिल्लीमा थप ९ जनाको मृत्यु भएको छ । दिल्ली ...

भारतमा एकैदिन ५८ हजार बढीमा देखियो कोरोना संक्रमण, दिल्लीमा 'विकेन्ड कर्फ्यू'

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ। यससँगै हाल भारतमा १ लाख ७० हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलवार ३७ हजार ३७९…

भारतमा ओमिक्रोन संक्रमितको संख्या १५ सय बढी

भारतमा कोरोना र ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिदै गएपछि कोरोना संक्रमण बढि देखिएको राज्यमा रात्रिकालीन कर्फ्यू जारी गरेको छ।

भारतको उत्तर र मध्य प्रदेशमा राति ११ देखि बिहान ५ बजेसम्म कर्फ्यू

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो । यसको अतिरिक्त उत्तर प्रदेशमा थप प्रतिबन्धहरु घोषणा गरिएका छन् । कर्फ्यू अवधिभर विवाह र सामाजिक कार्यमा २ सय जनालाई मात्र सहभागी हुन अनुमति दिइएको […]

समुदायस्तरमा फैलियो कोरोना - ‘चेन ब्रेक’ गर्न कर्फ्यू लगाऔं : व्यवसायी

विराटनगर । समुदायस्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ गर्न सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी र तिनका संगठनले मोरङ जिल्लाभर लागू हुनेगरी कम्तीमा दुई साता कफ्र्यू लगाउन माग गरेका छन् । नागरिकको जीवन बचेमा मात्र उद्योग र बजार चल्ने भन्दै नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले संक्रमण नियन्त्रणका लागि कम्तीमा १० दिन भए पनि कफ्र्यू लगाउन प्रशासनलाई आग्रह गरेका छन् । यस्तै मोरङ व्यापार संघले विज्ञप्ति नै जारी गरी कोरोना संक्रमणको चेन ब्रेक गर्न कफ्र्यू लगाउन आग्रह गरेको छ । संघका अध्यक्ष प्रकाश मुन्दडाले जारी गरेको विज्ञप्तिमा कम्तीमा सात दिन मुलुकभर कर्फ्यू लगाउन आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण दर उच्च भएको मुलुकमा नेपाल पनि समावेश भएकाले उच्च दरलाई घटाउन कफर््यू लगाउन सुझाइएको छ । अध्यक्ष मुन्दडाले मुलुकका सर्वसाधारण सबैको जीवनको रक्षाका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृति दिएका खोपहरू निजीक्षेत्रले पनि मगाउन पाउनेगरी सरकारले व्यवस्था गर्नुपर्ने माग गरे । ‘कर्फ्यू लगाएर संक्रमण दर नियन्त्रण राख्ने र भ्याक्सिनलाई सर्वसाधारणको पहँुचमा हुनेगरी निजीक्षेत्रलाई समेत आयात गर्नेगरी बाटो खुलाउन पर्छ,’ उनले भने, ‘त्यसपछि मात्र कोरोना नियन्त्रणमा आउँछ ।’ विराट व्यापार संघका अध्यक्ष सुजन थापाले मानव जातिकै विनाश भइरहेकाले यसलाई जोगाउन र मुलुकलाई महामारीबाट सुरक्षित राख्न पनि कडाखाले कप्mर्यू लागू गरिनुपर्ने बताए । यस क्षेत्रका अधिकांश उद्योगी व्यवसायीले कोरोना संक्रमण नियन्त्रणका लागि कफ्र्यू लगाउन माग गरे पनि नागरिक अधिकारको हनन हुने भन्दै जिल्ला प्रशासन कार्यालयले उक्त मागलाई टार्दै आएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेल भने राज्यले लकडाउन गरेपछि त्यसलाई मानेर घरमै बसिदिने हो भने कफ्र्यूको आवश्यकता नपर्ने बताउँछन् । ‘थाम्नै नसक्ने अवस्था आयो भने राज्यले कफ्र्यू लगाउनुपर्छ तर हामीले आफूलाई भन्दा पनि तल्लो स्तरका जनताको दिनचर्यालाई ध्यानमा राख्नुपर्छ,’ उनले भने । प्रहरी उपरीक्षक सन्तोष खड्काले कफ्र्यू विशेष परिस्थितिमा शान्ति स्थापनाका लागि चालिने कदम भएकाले लकडाउनलाई नै कडा पार्दै लैजाने बताए । आम मानिसले लकडाउनको अर्थ बुझेर त्यसलाई पालना गरे समस्या नआउने, तर विनाकारण बाहिर निस्किदिनाले नियन्त्रणमा कडा बन्नुपर्ने अवस्था आएको उनको भनाइ छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गणतन्त्रमा नागरिकलाई जबरर्जस्ती नियन्त्रणमा राख्न नसकिने बताए । कर्फ्यू लगाउँदा उद्योगमा काम गर्ने मजदूर र तल्लो वर्गका सर्वसाधारण बढी प्रभावित हुने भएकाले निषेधाज्ञालाई नै कडा बनाउन सकिने उनको भनाइ छ । ‘महामारी नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने बेला भएको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा आत्म–अनुशासन भएकाले बाहिर जान हुँदैन भनेर नागरिक घरमै बसिदिए समस्याको समाधान हुने थियो ।’ तर बाहिर जाँदा कोरोना सर्ने जोखिम बढी हुन्छ भन्ने जान्दा जान्दै पनि अटेर गर्नेलाई भने अब कडाइ गरिने उनले बताए । कोरोना संक्रमणका कारण विराटनगरमा शनिवार मात्रै सातजनाको मृत्यु भएको छ भने प्रदेश १ मा ५९१ नयाँ संक्रमित थपिएका छन् ।

नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा कोरोना कर्फ्यू र लकडाउन

कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएपछि नेपालको सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशमा सप्ताहन्त लकडाउन र कोरोना कर्फ्यू लगाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलवार एक घोषणा गर्दै आगामी शुक्रवार राति ८ बजेदेखि सोमवार बिहान ७ बजेसम्म सप्ताहन्त लकडाउन हुने जनाएका छन् । कोरोना बढी प्रभावित क्षेत्रमा सरकारले राति ८ बजेदेखि बिहान ७ बजेसम्म दिनदिनै रात्रिकालीन कर्फ्यू लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लकडाउन र कर्फ्यूका बेला अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन । स्वास्थ्यकर्मीहरूलाई भने ...