महोत्तरीको भंगाहामा अनिश्चितकालीन कर्फ्यू जारी भएको छ। हेटौंडाको टीसीएन तरकारी बजारमा आगलागी भएको छ। थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भोजपुरका कृषक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। नेपाल तरुण दल ६९ वर्षमा प्रवेश गरेको छ।
बिहीबार बिहान दुई समुदायबीच झडपले साम्प्रदायिक सुरक्षामा खलल पुग्ने वातावरण सिर्जना भएकोले शान्ति सुरक्षाको स्थितिलाई भंग हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा दिउँसो चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो।...
काठमाडौं । आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाईएको छ । बिहिबार भएको प्रदर्शन हिंसात्मक बन्दै नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यू लगाएको हो । प्रदर्शनकारीहरुको ठूलो समूह राष्ट्रपति गोताबाय राजापाक्षेत्रको निवासतर्फ ओइरिएपछि प्रदर्शन थामि नसक्नु भएकोथियो । राष्ट्रपति राजापाक्षेत्रको राजीनामा माग्दै सडकमा उत्रिएका प्रदर्शनकारीले सार्वजनिक भवनहरुमा इटा प्रहार गर्नुका सार्थ […]
लमजुङ, फागुन २५ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो […]
स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेकाे छ । सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो । छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पाैडी खेल्न
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोध प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार (आज) साँझ ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको थियो । तर मंगलबार (आज) बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी […]