तनहुँमा जेसीआई व्यास नगरमा आबद्ध युवाहरू लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना अभियानमा लागेका छन् । जिल्लामा लागुऔषध पदार्थको सेवन गर्ने र कारोबारी बढेपछि त्यसको न्यूनीकरणको लागि जिल्ला प्रहरी कार्यालय तनहुँको सहकार्यमा जेसिजका युवाहरू लागेका हुन् ।
कपिलवस्तु : अपराध न्यूनीकरणका लागि बालबालिकालाई सचेतना जगाउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्यसामाग्री (पुस्तक) निर्माण गरेको छ।कार्यक्रममा कपिलवस्तु नगरपालिकाभित्र रहेका विद्यालयमा पुस्तक वितरण गरिएको छ। विद्यालय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत तयार गरिएको पुस्तकमा ११ शीर्षक राखिएको छ। लागुऔषध दुर्व्यसनी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बालविवाह, बोक्सी आरोप, बालबालिकामा हुने दुर्व्यवहार समावेश गरिएको छ। जिल्लाका सबै विद्यालयमा विस्तार गर्ने तया