पूर्वको सेरोफेरो : पहाडी जनजीवनको छायाचित्र

१९ चैत, काठमाडौं । कोलाहलमय काठमाडौंमा प्रदूषणले खतराको तह पार गर्दै थियो । विश्वले प्रदूषित सहरको रुपमा काठमाडौंलाई चिन्दै थियो । तर हामीहरू भने शान्त, सुन्दर र स्वर्गीय आनन्दको अनुभूति दिलाउने सपनाको दुनियाँतिरको यात्रामा निस्किएका थियौं । सुदूरपूर्वको चर्चित शक्तिपीठ पाथीभरा । प्राकृतिक छटालाई वसन्तले सिँगारेको मनमोहक दृश्यले झनै सुन्दर बनाएको छ । त्यही सुन्दर […]

सम्बन्धित सामग्री

मौलाकालिकाको सेरोफेरो

हिमवत्खण्ड नेपाल प्राकृतिक, धार्मिक एवं सांस्कृतिक विराटताको पगरी गुथेर आदिकालदेखि विश्वमा आफ्नो छुट्टै परिचय बोकेर रहेको छ । यहाँ यस्ता कैयौँ स्थान छन्, जसको आआफ्नै विशेषताहरूले कैयौँ पर्यटकलाई तानेर मन्त्रमुग्ध पार्ने गर्छन् । यस्तै महìवपूर्ण स्थानहरूमध्ये पूर्वी नवलपरासी जिल्ला, गैँडाकोट नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्री सतहदेखि ५६१ मिटरको पहाडी वनको धुरीमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

फोटोफिचर: तिम्बुङ पोखरीको सेरोफेरो

उच्च पहाडी क्षेत्र र त्यहाँको जनजीवन अवलोकन गर्ने पदयात्रीहरूका लागि तिम्बुङ पोखरी एक आकर्षक गन्तव्य मानिन्छ । पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाँउपालिकाको संगमस्थलमा पर्ने यो क्षेत्र ४ हजार ३ सय ८० मिटर उचाइमा छ । यो ठाउँ घुम्नका लागि हरेक वर्ष जेठदेखि असोजसम्म उत्कृष्ट मौसम मानिन्छ ।

साइकलमा लमजुङ छिचोल्दा (फोटो फिचर)

१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो । सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो […]