काठमाण्डाै - तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ ।
केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ ।
दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ , मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहि...