काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।
यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।
त्यही स्पर्धामा गोपीचन्द्र पा...