अर्थतन्त्रमा आशा

मौद्रिक नीतिले कर्जाको ब्याज बुझाउने समय थप, पुनर्कर्जा व्यवस्था, ऋण पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको छ। २० प्रतिशत थप चालु पुँजी कर्जा उपलब्ध गराउने, पुनर्कर्जा कोषको पाँच गुणासम्म पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। यस्तै बैंक तथा वित्तीय संस्थाको सेवाशुल्क र प्रशासनिक खर्च कटौती गरिने, सिसिडी अनुपातलाई ८० प्रतिशतबाट ८५ प्रतिशतमा बढाउनेलगायत नीति छ।

सम्बन्धित सामग्री

वाणिज्य महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै उनले भने, 'कोभिड महामारी र रुस–युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने...

अर्थतन्त्रमा आशा जागेको छ : महासंघ अध्यक्ष ढकाल

४ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको सक्रियता र निरन्तरको लगाबले मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले …

आशा जगाउन सक्छु, निरास बनाउँदैन : अर्थमन्त्री पुन

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अहिले अर्थतन्त्रमा देखिएको समस्याबाट आशा जगाउन काम गर्ने बताएका छन् ।

‘अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीको आशा

काठमाडौँ, २७ मङ्सिर । ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्कारमुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्रियाको सार यही हो । २०७९ मङ्सिर को निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार […]

अर्थतन्त्रमा रेट्रोफिटिङ

नेपाली कांग्रेसले विगतमा अर्थतन्त्रको सुधारमा ठूलो परिवर्तन ल्याएकाले विद्यमान संयुक्त सरकारमा अर्थ मन्त्रालय उसले लिएपछि दोस्रो चरणको सुधार कार्यक्रम आउनेमा अर्थजगत् आशावादी थियो । तर, त्यस्तो आशा अहिलेसम्म आशामै सीमित छ । अर्थ मन्त्रालय कांग्रेसको भागमा परेको छ र नेतृत्व डा. प्रकाशशरण महतले गरेका छन् । कोरोना महामारीदेखि संकटमा परेको अर्थतन्त्र सुधारमा भन्दा सरकारमा बस्नेहरूको जोड यतिखेर अर्ती उपदेश दिँदैमा बित्ने गरेको छ, जबकि यतिबेला गफ भन्दा काम गरेर देखाउन आवश्यक छ । अहिलेको जस्तो कामभन्दा कुरा बढी गर्ने शैली नरोकिने हो भने अर्थतन्त्रको सुधारमा मुश्किल पर्ने देखिएको छ । जुन कुरा भदौ महीनाका लागि बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको ब्याजदरबाट पुष्टि हुन्छ । उद्योगी, व्यवसायीले बैंकको ब्याजदर घट्नुपर्छ भन्ने माग राखिरहेको बेला उनीहरूको माग पूरा हुने देखिँदैन । किनकि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर नै बढाएका छन् । यसले ब्याजदर बजारले नै निक्र्यौल गर्छ भन्ने कुरा पुन: प्रमाणित भएको छ ।  दैनिक प्रशासन चलाउनेभन्दा बढी क्षमता भएको सरकार नेपालले निकट भविष्यमा पाउला जस्तो छैन । त्यसैले अर्थतन्त्रलाई अहिले रेट्रोफिटिङ गर्न अनिवार्य छ । यसको मुख्य काम नै माग बढाउने, जनता र उद्योगी सबैको मनोबल बढाउने हो । यति मात्र होइन बैंकमा तरलता फालाफाल छ । उद्यमीहरू उधारो नउठेर समस्यामा परेका छन् । बजारमा सामान किन्ने ग्राहक छैनन् । उद्योगहरूले आफ्नो उत्पादन क्षमता उपयोगमा ल्याउन सकेका छैनन् । यसो हुनुको कारण सबै क्षेत्रमा व्याप्त निराशा नै हो । अर्थतन्त्रमा लागेको रोगको उपचार गर्ने जिम्मेवारीमा बसेका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नर विदेशी विनिमय सञ्चितिमा आएको सुधार हेरेर दंग छन् । त्यो सुधार न अर्थमन्त्रालय न राष्ट्र बैंकको नीतिका कारण आएको हो । अर्थतन्त्र मन्दीमा गएको बेला सरकारले थुप्रै काम गर्नुपर्ने हुन्छ । बजारको मनोबल बढाउनु महत्त्वपूर्ण काम हो । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले केही दिनअघि अर्थतन्त्रको विद्यमान अवस्थाबारे धारणा राख्दा अथर्मन्त्री रिसाएका थिए । उनले नकारात्मक कुराले मनोबल घट्ने भन्दै त्यसो नभन्न भनेका थिए । अर्थतन्त्र सुधारका लागि मनोबल बढाउनु अति आवश्यक हुन्छ । तर, अहिले सरकारकै अकर्मण्यताका कारण बजारको मनोबल माथि उठ्न सकेको छैन । यस्तो भाष्य त सरकारले नै तयार पारेको हो । बजारको मनोबल उठ्न सरकारले काम गर्नुपर्छ, निजीक्षेत्रलाई विश्वासमा लिनुपर्छ । मनोबल कति खस्केको छ भनेर हेर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएर हेरे पुग्छ । ठूलो रकम खर्चेर दैनिक ३ हजार हाराहारीमा युवा विदेश गइरहेका छन् । स्वदेशमा लगानी गर्ने वातावरण हुन्थ्यो भने यसरी विदेशिनु पर्दैनथ्यो । केही व्यक्ति अवसरको खोजीमा विदेशिएका होलान् । तर, अधिकांश बाध्यताले विदेश गएका हुन् । सरकारी अधिकारीहरू भने स्वदेशमा सम्भावना नदेखेर विदेश गएका तिनै युवाले पठाएको विप्रेषण वृद्धि भएको तथ्यांक पेश गर्दै अर्थतन्त्रमा सुधार आयो भनेर बसेका छन् । सरकारी निकायलाई सूचना प्राप्त गर्ने विभिन्न स्रोत भएकाले अर्थतन्त्र सुधार भए/नभए उनैलाई अझ बढी थाहा हुनुपर्छ । विभिन्न सूचकले अर्थतन्त्रमा संकट परेको देखाएको छ । डिलमा गइसकेको अर्थतन्त्रलाई सुधार गर्न अब टालटुले कुरा गरेर मात्र नहुने भएकाले तत्काल पुन: सम्बलीकरण अर्थात् रेट्रोफिटिङ गर्न आवश्यक छ । यथार्थको धरातलमा टेकेर समस्याको जरासम्म पुगी तिनको निदान गर्नुपर्ने हुन्छ । उत्पादनमूलक उद्योग नबढ्नु, कृषि उत्पादनसमेत आयात गर्नुपर्ने अवस्था आउनु, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदान नबढ्नु र सेवाक्षेत्रको योगदान बढी हुनुजस्ता कुराले अर्थतन्त्र गम्भीर समस्याको भुँवरीमा फसेको देखिन्छ । सरकार कर उठाउन जान्ने तर विकास निर्माणमा खर्च गर्न नसक्ने हुँदा समस्यालाई झनै खराब बनाइरहेको छ । त्यसैले अहिले अर्थतन्त्रमा ठूलो संरचनात्मक परिवर्तनको खाँचो छ ।तर, सरकारले त्यस्तो संरचनात्मक परिवर्तनको आवश्यकता देखेको पाइँदैन । देखे पनि सरकारमा त्यस्तो परिवर्तन ल्याउने ल्याकत छैन । दैनिक प्रशासन चलाउनेभन्दा बढी क्षमता भएको सरकार नेपालले निकट भविष्यमा पाउला जस्तो छैन । सरकारको मुख्य काम माग बढाउने, जनता र उद्योगीको मनोबल बढाउने हो । त्यसो गर्न सकिए अर्थतन्त्रमा अहिले देखिएको भ्वाङ टाल्न सकिन्छ । अन्यथा भोलि अर्थतन्त्र सम्हाल्नै नसक्ने अवस्थामा नपुग्ला भन्न सकिँदैन ।

अर्थतन्त्रमा देखिएन चुनावका बेलाको खर्चको असर

२० मंसिर, काठमाडौं । लामो समय तरलता संकटका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेका बेला धेरैको आशा थियो, चुनावपछि आर्थिक गतिविधि बढ्नेछ । किनभने चुनावका बेला सरकारका तर्फबाट ठूलो खर्च हुनुका साथै राजनीतिक दल र उम्मेदवारहरुले पनि खर्च गर्छन् । उक्त रकमले अर्थतन्त्र चलायमान हुने निजी क्षेत्रको आशा चुनाव सकिएपछि पनि पूरा भएन । ४ […]

घट्दो रेमिट्यान्स : संकटमा सरकारको आशा खाडीका नेपालीमाथि

विदेशमा काम गर्ने नागरिकले पठाउने पैसा (रेमिट्यान्स) अर्थतन्त्रको दिगो आधार हैन, तर जब रेमिट्यान्स घट्छ, नेपाली अर्थतन्त्रको जग नै हल्लिन्छ । हाल मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएर अर्थतन्त्रमा गम्भीर संकटको संकेत देखिएपछि सरकारले रेमिट्यान्सतर्फ नै आशाको नजरले हेरिरहेको छ ।

अर्थतन्त्रमा आशा

वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटेन्स आयमा बढोत्तरी हुनुमा विगतको अवैध बाटो अहिले वैध भएर आएको विश्वास लिइएको छ। वास्तवमा देशमा भित्रिएको रेमिटेन्स बढेको छैन। तर वैध बाटो भएर आएको तथ्यांक मात्र बढेको हो।...

कोरोनापीडित अर्थतन्त्रमा सुधारको झिनो आशा

गत आर्थिक वर्ष २०७७-०७८ मा अर्थतन्त्रका सूचकांकहरू प्रारम्भिक अनुमानभन्दा राम्रा रहे । समग्र अर्थतन्त्र कोरोनाप्रभावित भएका कारण अघिल्लो आर्थिक वर्षझैं निराश हुनुपर्ने अनुमानविपरीत कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र र सार्वजनिक यातायात एवं शिक्षाक्षेत्रबाहेकका क्षेत्रहरूमा अनुमान गरेभन्दा कम नकारात्मक असर देखियो, जसका कारण अर्थतन्त्रका सूचकांक अघिल्लो आर्थिक वर्षभन्दा औसतमा राम्रो रहे । अर्थतन्त्रका अन्य क्षेत्रमा […]