दोलखाः दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित सिङ्गटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा पुनर्निर्माणको काम अलपत्र परेको छ। क्रसर बन्दले राष्ट्रिय गौरवको आयोजना तामाकोशीको कामसमेत अलपत्र परेको हो।
कालिञ्चोक गाउँपालिका–४ को पत्राचार अनुसार ठेकेदारले क्रसर बन्द गरेका कारण माथिल्लो तामाकोशीका काम, दोलखा सिङ्गटी सडक निर्माण, भूकम्पपीडितको