ललितपुर महानगरपालिका २७ नम्बर वडा सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मूर्ति फेला परेको छ ।
ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी महर्जनका अनुसार ललितपुरको हात्तिबनस्थित क्लासिक टावरको पछाडि रहेको एक मन्दिरबाट शुक्रबार बिहान मूर्ति फेला परेको हो ।
अहिले मूर्तिलाई सुनाकोठी ल्याउने तयारी भइरहेको छ ।
माघ ९ गते मूर्ति चोरी भएको थियो । सुनाकोठीका वडाध्यक्षले मुर्ति फेला पार्नेलाई ५ लाख दिने घोषणा गरेका थिए ।