भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा जन्माएको चार महिना हुन लागेको छ तर अहिलेसम्म आरोपी पक्राउ पर्न सकेको छैन। अपाङ्गता भएकी नाबालिका आफ्नै घरको गोठमा रहेको बेला गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेका थिए । त्यसबाट गर्भ रहन गई गत फागुन १४ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरी जन्मिएको हो। नाबालिका बलात्कृत भएर बच्चा जन्मिएको करिब चार महिना हुन लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडितका