सुस्त मनस्थितिकी बालिका बलात्कृत, ८ दिनपछि आरोपित पक्राउ

धनगढी : दार्चुलामा नाबालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका उनलाई आज (बिहीबार) पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर फरार रहेका शैल्यशिखर नगरपालिका–४ काणापारीका ४९ वर्षीय बिसन ठगुन्ना परेका हुन्।आरोपित ठगुन्नाले गाउँकी सुस्त मनस्थिति भएकी बालिकालाई २०७९ चैत २९ गते जबरजस्ती करणी गरी फरार भएको उजुरी परेको थियो। वैशाख १ गते पीडितका परिवारले प्रहरीमा उनीविरुद्ध उजुरी दिएका थिए।ठगुन्नालाई ज