गाउँपालिकाद्वारा आधुनिक आरन उपकरण वितरण

लमजुङको दोर्दी गाउँपालिकाले पालिकाभित्र भएका आरन व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ । परम्परादेखि आरन व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका ९ जनालाई गाउँपालिकाले वेल्डिङ मेसिन, ग्रेन्डर, घन, रेतीलगायतका उपकरण वितरण गरेको हो । पालिका भित्रका प्रत्येक वडामा आरन व्यवसाय सञ्चालन गरिरहेको एक÷एक जना गरी ९ जनालाई व्यवसाय सञ्चालनका लागि विभिन्न ९ प्रकारका उपकरण वितरण गरिएको दोर्दी गाउँपालिका कृषि शाखा प्रमुख गोविन्दराज सेढाईले बताए । सेढाईका अनुसार प्रतिव्यवसायीलाई ढुवानीसहित ३० हजार मूल्यबराबरको कुल २ लाख ७० हजराको उपकरण वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

आरन उद्यमीलाई गाउँपालिकाले दियो आधुनिक उपकरण

पर्वत : परम्परागत आरनहरूलाई आधुनिक र पूर्ण व्यावसायिक नबनाए यसैको आधारमा जीवन गुजारिरहेकाहरूलाई समस्या हुन सक्ने भन्दै विहादी गाउँपालिकाले १७ उद्यमीलाई आरनमा प्रयोग हुने आधुनिक उपकरण वितरण गरेको छ। परम्परागत आरन व्यवसायलाई प्रोत्साहन गर्दै आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना हुने अपेक्षासहित आरन उद्यमीलाई ती सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले बताए।आरन सञ्चालन गर्दै आएकाहरूको दैनिकीमा सहज बनाउन गाउँपालिकाले चालु आर्थिक व

उपमहानगरद्वारा आरनका आधुनिक साधन वितरण

लुम्बिनी– बुटवलमा आरन व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बुटवल उपमहानगरपालिकाले आरनका आधुनिक साधन वितरण गरेको छ ।  आरन व्यवसायलाई आधुनिकीकरण गर्न उपमहानगरपालिकाले बुटवलभित्र आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएका ११ जनालाई विद्युतीय पङ्खा, ग्रिन्डर मेसिन, कैँची, रेती, घनलगायतका उपकरण वितरण गरेको हो । उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आरनका […]

आरन व्यवसायीलाई आधुनिक आरन वितरण

परम्परागत पेसा संरक्षण गरी सहज रुपमा आम्दानी लिनसक्ने बनाउन भन्दै बुटवलका आरन व्यवसायीहरूलाई आधुनिक आरन मेसिन र उपकरण प्रदान गरिएको छ ।