पुस ३, काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् ।
कम्पनीको शुक्रवार बसेको सञ्चालक समिति बैठकले उनलाई आगामी माघ १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ करिअर शुरु गरेका उनी आठ वर्ष अघिदेखि सानिमा बैंकमा कार्यरत छन् ।
कम्पनीका हालका सीईओ भुवन दाहालले आगामी माघ ११ गतेदेखि अवकास पाउँदैछन् ।