काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सार्वजनिक सवारी साधनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताएका छन् । आयोगले आज आयोजना गरेको ‘सेवाप्रदायको दायित्व र उपभोक्ताको अधिकार’ विषयक छलफलमा अध्यक्ष मगरले सार्वनिजक यातायातलाई भरपर्दो, मर्यादित र उपभोक्तामैत्री बनाउनुपर्ने बताएका हुन् । “सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि आवश्यक कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी […]