नेपालको आर्थिक उन्नति गर्न र गरिबी हटाउन कृषि उद्यमशीलता एक प्रमुख कारक तत्व हो । नेपाली अर्थतन्त्र मूलतः एक कृषि अर्थतन्त्र भएकाले यसले कृषि उद्यमशीलता, खाद्य प्रशोधन र अन्य सम्बद्ध गतिविधिहरूका लागि ध्यान दिनुपर्छ । कृषि उद्यमीका आवश्यकताहरूको राम्ररी विश्लेषण गर्ने र सोअनुरूप गतिविधिहरू सञ्चालन गरेमात्र नतिजा प्राप्त हुन्छ । कृषि उद्यमीका आवश्यकताहरूमध्ये पर्याप्त पूर्वाधार […]