चरा सक्रिय हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार साढे ३ घण्टा बन्द भएको छ । शुक्रबार र शनिबारको सामान्य झरीपछि आइतबार बिहान विमान स्थलको धावनमार्गमा निस्किएका किरा–फट्याङ्ग्रा खान आकाशमा चिल र अन्य चराचुरुंगीको सक्रियता बढेपछि विमानस्थल बन्द गर्नुपरेको हो ।