महाराष्ट्र बाढी : १ सय १२ जनाको मृत्यु, ९९ बेपत्ता

काठमाडौं : भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढी पहिरोका कारण १ लाख ३५ हजार मानिस घरबारविहीन भएका छन्। महाराष्ट्रको राहत तथा पुनस्र्थापना विभागले गएराति साढे ९ बजेसम्म १ लाख ३५ हजार मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको छ। महाराष्ट्रको सांगली र रायगढ जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्। सांगली जिल्लाका अधिकांश क्ष

सम्बन्धित सामग्री

तुर्कियेमा बाढी : १४ को मृत्यु, हजारौं घरबारविहीन

अंकारा : तुर्कियेका दुई प्रान्तमा भीषण वर्षापछि आएको बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने हजारौं व्यक्ति घरबारविहीन भएका छन्।गृहमन्त्री सुलेमान सोयलुले उद्धार टोलीले तीन ठाउँमा बेपत्ता भएका पाँचजनाको खोजी गरिरहेको जानकारी दिए। सोयलुले दक्षिणपूर्वी प्रान्त सानलिउरफामा बाढीका कारण १२ जनाको मृत्यु भएको र छिमेकी अदियामन प्रान्तमा दुईजनाको मृत्यु भएको बताए।स्थानीय टेलिभिजनले अदियामनमा भूकम्पबाट बचेका परिवारले आश्रय लिएका शिविरमा बाढी आउँदा पीडितहरू डुबेको बताएका छन्। छिमेकी सानलिउरफा प्रान्तका गभर्

असाम र मेघालयमा बाढी पहिरोमा परेर कम्तीमा ३१ जनाको मृत्यु

असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीबाट  बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् । असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ । बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर

सुदूरपश्चिममा बाढी र पहिरोमा १२ जनाको मृत्यु, २८ बेपत्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने १२ जनामध्ये ९ जना डोटी जिल्लाका छन् ।  बाढी र पहिरोमा २८ जना बेपत्ता भएका सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी बिक्रम चन्दले जानकारी दिए । बेपत्ता मध्ये २३ जना बझाङका छन् । उनीहरु पहिरोमा परी बेपत्ता...

पाकिस्तानमा वर्षापछिको बाढी पहिरोमा परी १२ जनाको मृत्यु

पाकिस्तानमा भिषण वर्षाका कारण कम्तीमा १२ जनाले ज्यान गुमाएका छन्। प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ। गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन्। वर्षापछि...

महाराष्ट्रमा बाढीको बितन्डाः १ सय १२ जनाको मृत्यु, ९९ बेपत्ता

एजेन्सी । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट १ सय १२ जनाको मृत्यु भइसकेको छ ।

चीनमा बाढीका कारण १२ जनाको मृत्यु, एक लाख मानिसको उद्धार

एजेन्सी । चीनमा आएको ठूलो बाढीमा परी १२ जनाको मृत्यु भएको छ । बाढीका कारण रेल र गाडी डुवाउँदा यात्रुहरू बिचल्लीमा परेका छन् । चीनको जोङ्जोउमा आएको उक्त बाढीमा रेल र सवारीसाधनहरू डुबाएका दृश्यहरू सामाजिक सञ्चालमा भाइरल नै बनेका छन् । करिब एक करोड २६ लाख मानिस बसोबास गर्ने जोङ्जोउमा ‘यल्लो रिभर’ खोलाबाट बाढी आएको […]

चीनमा बाढी : १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

६ साउन, काठमाडौं । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएका छन् । सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको […]

चीनमा बाढी : १२ जनाको मृत्यु, १ लाखभन्दा बढीलाई गरियो स्थानान्तरण

चीनको हेनान प्रान्तमा आएको बाढीका कारण १ लाख भन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ। बाढीका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ। बाढीका कारण सडक जलमग्न भएको छ भने बस्ती डुबानमा परेको छ। साथै रेल स्टेशनहरु समेत जलमग्न हुँदा यातायात सेवा प्रभावित भएको छ। हवाई उडान समेत हाललाई रद्द गरिएको…

चीनमा भीषण वर्षासँगै बाढी, कम्तीमा १२ जनाको मृत्यु

भीषण वर्षासँगै आएको बाढीका कारण चीनको मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् भने रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् । अत्याधिक वर्षासँगै आएको बाढीबाट जोगाउनका लागि हेनान प्रान्तमा १० हजार भन्दा बढि मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । […]

मनसुनजन्य विपत्तिबाट एक महिनामा २५ को मृत्यु

एक महिनायता मनसुनजन्य विपत्तिबाट २५ जनाले ज्यान गुमाउनु परेको छ । मनसुनको सुरुवातदेखि नै मुलुकभर गएको बाढी पहिरोजस्ता मनसुनजन्य विपत्तिका कारण २५ जनाको मृत्यु भएको हो ।गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढीबाट १३, पहिरोबाट १२ जनाको मृत्यु भएको छ । बाढीबाट ८४ परिवार र पहिरोबाट ५७ परिवार, बाढी र वर्षाका कारण ५९ परिवार विस्थापित हुनुपरेको छ […]