विश्वको अधिकांश विकसित र विकासोन्मुख देशहरूमा हप्ताको २ दिन बिदा छ । त्यहाँ यसको प्रयोग जीवनको अङ्ग नै बनिसकेको छ । हाम्रो देशमा पनि बेला बखत हप्ताको २ दिन बिदाको कुरा उठ्ने गरेको, समिति बनाइएको र समितिले रिपोर्ट दिने गरेको पनि छ । त्यस रिपोर्टको आधारमा पहिले १ पटक कार्यान्वयनमा पनि आयो तर छोटो समयमा नै बन्द भयो । यस पटक पुनः नेपाल सरकारको हप्ताको २ दिन बिदा र हप्ताको ४० घण्टा काम गर्नुपर्ने निर्णय उपर पक्ष र विपक्षमा थरी–थरीका प्रतिक्रिया र आशङ्काहरू आइरहेका छन् । कुनै पनि परिव