काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४४४ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ४ हजार ९५४ जनामा गरिएको परीक्षणमा ४४४ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ जना संक्रमितको मृत्यु समेत भएको छ भने यही अवधिमा ३०७ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार १९९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल २ जना संक्रमित भेन्टिलेटरमा‚ ५० जना संक्रमित आइसियुमा‚ १७३ जना संक्रमित संस्थागत आइसोलेशनमा र ४०२६ जना