पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । १३ हजार ६४३ मत गणना हुँदा प्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७४८ मत पाएका छन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ५ हजार ७८ मत पाएका छन् । मेयरमै विवेकशील साझा पार्टीकी सुशीला केसीले ३० र राप्रपाका शंकर खनालले ५५८ मत पाएका छन् ।