जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् ।
नेताद्वय ठाकुर र महतो कांग्रेस सभापति देउवाको निवास बूढानीलकण्ठबाट सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको जसपाका एक नेताले जानकारी दिए ।
देउवासँगको भेटमा नेताद्वयले भावी सत्ता समीकरणमा आफूहरू कतै नलाग्ने सन्देश दिएको स्रोतले जनाएको छ ।
आफूहरू तटस्थ रहँदा वैकल्पिक सरकारको सम्भावना पनि नरहने भन्दै ठाकुर र महतोले चुनावको माहोल...