दशैंले बढायो व्यापार

काठमाडौं । नेपाली हिन्दूहरूको महान् चाड दशैं नजिकिँदै गर्दा बजारमा किनबेचको चाप बढेको छ । विशेषगरी खाद्यान्न र लत्ताकपडाका पसलमा दशैंलक्षित किनमेल गर्ने उपभोक्ताहरूको भीड बढ्न थालेको हो । आजभोलि काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, ठमेल, कोटेश्वर, कलंकी, कालीमाटी, नयाँबजारलगायत क्षेत्रका पसलहरूमा उपभोक्ताको बाक्लो भीड देख्न सकिन्छ । कोरोना महामारीको त्रासका कारण अघिल्लो वर्षको दशैंमा धरैजसो उपभोक्ताले बजारसम्म गएर आफूलाई आवश्यक पर्ने सामान किन्न सकेका थिएनन् । जसले गर्दा अघिल्लो वर्षको दशैंलक्षित व्यापार सामान्य अवस्थाको बेलामा भन्दा करीब ८५ प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । तर, यसपटक त्यस्तो नभएको व्यापारीहरूको भनाइ छ । न्यूरोड खिचापोखरीमा रेडिमेड कपडाको व्यापार गर्दै आएका सन्तोष पुनले दशैं नजिकिएसँगै व्यापारमा केही सुधार देखिएको बताए । यसअघि दैनिक १५÷१६ जना ग्राहक आउने उनको पसलमा अहिले ग्राहक संख्या बढेर दैनिक दोब्बरभन्दा धेरै भएको बताए । महामारीका कारण बा≈य देशबाट लत्ताकपडा आयातमा केही समस्या उत्पन्न भएकाले ग्राहकको रोजाइअनुसारको सामान भने उपलब्ध गराउन नसकेको उनले सुनाए । नेपालमा अन्य समयको तुलनामा दशैं र तिहारजस्ता ठूला चाडपर्वका अवसरमा जुत्ता, चप्पल र लत्ताकपडाको व्यापारमा ४० प्रतिशतभन्दा बढी वृद्धि हुने गर्छ । यस वर्ष यही अनुपातमा व्यापार हुन नसके पनि अघिल्लो वर्षको तुलनामा भने व्यापार बढेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आर्थिक अभियान दैनिकसँग बताए । हरेक वर्ष नेपाली व्यापारीहरूले दशैं र तिहारलाई लक्षित गरी छिमेकी मुलुक भारत र चीनबाट मात्रै करीब २५ देखि ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी लत्ताकपडा आयात गर्ने गरेका छन् । खाद्यान्न पसलमा पनि १÷२ महीनाअघिको तुलनामा व्यापारमा केही सुधार देखिएको बताइएको छ । कालीमाटीमा दाल, चामल, गेडागुडी, चिनीलगायत खाद्यान्नको व्यापार गर्दै आएका नरेश गुप्ताले दशैं नजिकिएसँगै व्यापारमा पनि केही सुधार देखिएको बताए । ‘अघिल्लो वर्षको दशैंको समयमा भन्दा यस वर्ष केही आशलाग्दो व्यापार देखिएको छ,’ उनले भने । अहिले चिनी, तेल, मसलालगायत खाद्यान्नको माग बढिरहेको उनले बताए । यसअघि हुने दैनिक व्यापारको तुलनामा अहिले करीब १५ प्रतिशतले वृद्धि भएको उनले सुनाए ।

सम्बन्धित सामग्री

जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !

दोलखाको बिगु गाउँपालिका–५ का राजन थामीले ललितपुरको ग्वार्कोमा खाजाघर चलाउन थालेको झण्डै तीन वर्ष भयो । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदा चक्रपथको बायाँपट्टी ‘सर्भिस लेन’ सँगै रहेको उहाँको दिव्यतारा फास्टफुड एण्ड खाजाघरमा दुई वर्ष अघिसम्म व्यापार राम्रैै थियो । तर, एक वर्षदेखि भने उहाँको व्यापार खासै राम्रो चलेको छैन । खाजा पसलको भाडा महिनाको २० हजार रुपैयाँ तिर्नुपर्छ । गएको एक वर्षदेखि भाडा तिर्न पनि मुश्किल छ । अहिले महिना मर्दा कसरी भाडा तिर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । ग्वार्कोमा बन्न लागे...

कर्जाले व्यापार घाटा बढायो

बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा निक्षेप बढाएको र […]

कर्जाले व्यापार घाटा बढायो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाले व्यापार घाटा बढाएको एक अध्ययनले जनाएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययन प्रतिवेदनका अनुसार व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा हो । रेमिट्यान्सले बैंकमा […]

अध्ययन प्रतिवेदनले भन्यो– ‘बैंकको कर्जाले व्यापार घाटा बढायो’

त्यस्तै, नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नेपालको अर्थतन्त्र तत्काल श्रीलंकाको अवस्थामा नपुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा विगतमा आर्थिक गतिविधि ठप्प हुँदा समेत तलमाथि नभएको अर्थतन्त्र भएकाले तत्काल डराउनुपर्ने अवस्था नभएको बताउनुभयो ।

रेमिट्यान्सले आयात र कर्जा विस्तारले व्यापार घाटा बढायो : अध्ययन

२३ असार,  काठमाडौं । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्यनले उक्त  निष्कर्ष निकालेको हो । विभाग प्रमुख प्राेफेसर डा. शिवराज अधिकारीले गरेकाे अध्ययनमा व्यापार घाटा बढ्नुकाे […]

रेमिट्यान्स र निजी क्षेत्रतर्फको कर्जाले व्यापार घाटा बढायो : सिबिफिन रिपोर्ट

बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जाले व्यापार घाटा बढेको अध्ययनले देखाएको छ। बैंकले एक सय रुपैयाँ कर्जा लगानी गर्दा दीर्घकालमा यसले ५० रुपैयाँ बराबरले व्यापार घाटा बढाउने...

चुनावले बढायो आर्थिक चहलपहल

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरूमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव […]

चितवनमा चुनावले बढायो चहलपहल

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।  यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने गरेको छ । स्थानीय तहको निर्वाचन भएकाले गाउँ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरका ठूला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो ।जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडी निर्वाचनको चहलपहल सुरु भएको

काेराेना कहरमा इन्टरनेट सेवा: बढे ग्राहक, फस्टायो व्यापार

स्कुल र कलेज मात्र होइन, घरबाटै जुम मिटिङ, गुगल मिट, टिम्सलगायत भिडियो कन्फ्रेरेन्समा संलग्न हुनुपर्ने बाध्यताले पनि इन्टरनेटको खपत ह्वातै बढायो। घरबाटै अफिसको काम गर्दा इन्टरनेटसँग जोडिएकाहरूले क्षमता बढाउन बाध्य भए। त्यति मात्रै होइन, लकडाउनकै कारणले घर...

भटमास तेलले बढायो निर्यात

काठमाडौं । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको छ । कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू. ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।तेस्रो मुलुकबाट कच्चा पाम आयात गरी व्यवसायीले भारतमा प्रशोधित पाम ते