काठमाण्डाै – प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले सरकार पक्षका वकिललाई संवैधानिक इजलाससम्बन्धी निवेदन फिर्ता लिन आग्रह गर्नुभएको छ ।प्रतिनिधि सभा विघटनका मुद्दा सुनुवाइका लागि आज वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएपछि महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका वकिलले आपत्ति जनाएका छन् । केही वकिलले संवैधानिक इजलासविरुद्ध निवेदन पनि दर्ता गराएका छन् । ‘इजलासप्रति मर्यादा राख्नुपर्छ । विश्वास पनि गर्नुपर्छ । तपाईँहरूले गर्नुभएको निवेदन जुन किसिमको विषयवस्तु राख्नुभएको छ, यो हेर्दा क...