नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिलेर अघि बढ्ने सङ्केत देखाएका छन् । पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति भएको हो ।दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा राजी भएका छन् ।नेपाली काँग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्री