माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्दै छ। बैठकमा सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्। अन्य मन्त्रीहरुको विषयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका थिए।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको हो ।

पदाधिकारी टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ३। नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ । यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर साँझ ६ बजेका तय गरेको थियो । तर, नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण विहिबारको बैठक स्थगित […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, आजै पदाधिकारी टुंगो लगाउने तयारी

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८:३० मा बस्नेछ । यसअघि बिहीबार बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तता र संसद् बैठक लम्बिएको कारण स्थगित भएको थियो । आजको बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, मंसिरमा ४ मा हुने निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।