कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो । मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ ।हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ स