हिन्दमहासागरीय क्षेत्र आर्थिक र सामरिक हिसाबले अब्बल मानिन्छ । संसारको व्यापारिक जीवनरेखा नै हिन्दमहासागरीय क्षेत्रलाई लिइन्छ । विश्व अर्थतन्त्र ट्रान्स एट्लान्टिक (युरोप र अमेरिका) बाट ट्रान्सप्यासिफिकमा स्थानान्तरित भएको छ । हिन्दमहासागरीय क्षेत्रको विकासको प्रारूपको बारेमा ली क्यापन विश्वविद्यालय सिंगापुरका विश्वविख्यात प्राध्यापक किशोर मेहकुवानीले ‘एसियन मिराकल’ नामक एउटा चहकिलो र गहकिलो पुस्तक प्रकाशित गरेका छन् । […]